भाडादरमा मनोमानी, स्थानीयद्वारा विरोध

मङ्सिर २६ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डमा अहिले यात्रा गर्दा एकतर्फी भाडा ३५० रुपियाँ लिने गरिन्छ तर कालीगण्डकी कोरिडोरको गैँडाकोटबाट बुलिङटारसम्म यात्रा गर्दा ५५० रुपियाँ भाडा लिएर यातायात व्यवसायीले यात्रु ठग्ने काम गरिरहेका छन् ।
बुटवल–नारायणगढ सडकखण्ड ११४ किलोमिटरको एकतर्फी भाडा ३५० रुपियाँ कायम हुँदा गैँडाकोट बुलिङटारसम्मको जम्मा ४३ किलोमिटरको एकतर्फी भाडा भने ५५० रुपियाँ कायम भएकाले स्थानीयवासीले गाउँमा सवारीसाधन रोक्न र भाडादर समायोजन गर्न माग गरेको बुलिङटारका समाजसेवी बेलबहादुर दरैले बताउनुभयो ।
अहिले विगत एक वर्षदेखि गैँडाकोट भएर बुलिङटार हुँदै पोखरासम्मको यात्रा सुरु भएको छ र गाडीभाडा अचाक्ली असुल्न थालेपछि स्थानीय सवारीसाधनले मङ्सिर मसान्तभित्र भाडा दर घटाएनन् भने तत्काल गाडी चल्न नदिने गरी प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षणसमेत गराएको बुलिङटारका स्थानीय दुधराज मल्ल ठकुरीले बताउनुभयो ।
४३ किलोमिटरको कालोपत्रे सडकको भाडा ५५० रुपियाँ कायम गरी सवारीसाधन बलजफती चलाउने यातायात व्यवसायीमाथि तत्काल कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो । भाडादर मिलाउन र मिलाइसकेपछि मात्र यातायात नियमित सञ्चालन गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
सुरुदेखि नै प्रतिकिलोमिटर १२ रुपियाँका दरले जबरजस्ती भाडा उठाउने गरेको र अहिले कालोपत्रे हुँदासमेत सोही भाडा कायम गरिएको भन्दै स्थानीयले विरोध गरेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।
लेकबेँसी यातायात समितिले यो क्षेत्रमा बलजफती भाडा लिएर स्थानीयवासीलाई धेरै दुःख दिइरहेको र यस्तालाई कारबाही गर्न माग बढेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । अहिले प्रशासनले भाडादर तत्काल समायोजन गर्न र सवारीसाधन गुडाउन निर्देशन दिएको पनि उहाँले बताउनुभयो । यस विषयमा लेकबेँसी यातायात समितिका अध्यक्ष युवराज बस्यालसँग कुरा गर्न खोज्दा उहाँ सम्पर्कमा आउनुभएन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भाडादरमा मनोमानी, #स्थानीयद्वारा विरोध
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्