एक अर्ब ४५ करोडमा निर्मित १८ तले दमक कम्प्लेक्सको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

विराटनगर । झापाको दमकमा निर्माण भएको १८ तले दमक बिजनेस कम्प्लेक्सको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । २०७६ सालमा शिलान्यास गर्दै राष्ट्रिय गौरवको आयोजनाको रूपमा झापाको दमक ३ मा निर्माण भएको ‘दमक बिजनेस कम्प्लेक्स’ को औपचारिक शुभारम्भ भएको हो ।
प्रयोजनहीनरुपमा यो कम्प्लेस ठड्याइएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुने गरेको छ । प्रधानमन्त्रीले ओलीले भने सो कम्प्लेक्सले सो क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आएका छन् । दीर्घकालका लागि सो कम्प्लेक्सले दमक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने भनेर दाबी गरिरहँदा आलोचना गर्नेहरूले भने कम्प्लेक्स नचल्ने दाबी गर्दै आएका छन् । आज उद्घाटन भएको कम्प्लेक्स पूर्वपश्चिम मुख्य सडकको ताराबारी खण्ड भन्दा केही माथि निर्माण गरिएको छ ।
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने सो कम्प्लेक्स प्रधानमन्त्री ओलीकै पहलमा गौरवको आयोजनाका परेको थियो । एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ रुपैयाँमा लागत सम्झौता भएको परियोजनाको लागत ५ दशमलव ४ प्रतिशत बढेको छ ।
सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका अनुसार सो कम्प्लेक्स एक अर्ब ४५ करोडमा कम्प्लेक्स निर्माण सम्पन्न भएको छ । सो कम्प्लेक्सको चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष् ओम साइराम निर्माण कम्पनी जेभीले निर्माणको जिम्मा पाएको थियो ।
सहरी विकास मन्त्रालयले कम्प्लेक्स सञ्चालनका लागि विभिन्न कम्पनीहरूलाई आव्हान गर्ने तथा केही प्रवेश शुल्क समेत राखेर त्यसको व्यवस्थापन गरिने जनाएको छ । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले टावर उद्घाटनपछि व्यापारिक प्रयोजनका लागि बुकिङ खुल्ला भएको बताए ।
सुरुमा ‘दमक भ्यु टावर’को नामबाट निर्माण सुरु भएको भए पनि पछि ‘दमक बिजनेस कम्प्लेक्स’ नामाकरण गरिएको थियो । यो टावर १ वर्ष अघि नै निर्माण सम्पन्न भए पनि त्यसको सञ्चालनका सम्बन्धमा सङ्घीय सरकारले नीति बनाउन समय लागेपछि उद्घाटन हुन सकेको थिएन । उद्घाटन नहुँदा यसको बारेमा आलोचना हुने गरेको थियो ।
कम्प्लेक्सको २०७६ असार २७ गते प्रधानमन्त्री ओलीले यसको शिलान्यास गरेका थिए । कम्प्लेक्स एक सय मिटर अग्लो रहेको छ । कम्प्लेक्स १८ तला छ । कम्प्लेक्सको ७२ मिटर कङ्क्रिट संरचनाले २८ मिटर भने मेटल फ्रेमको टावर छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एक अर्ब ४५ करोडमा निर्मित १८ तले दमक कम्प्लेक्सको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्