राष्ट्रिय फोटो पत्रकार समूहले चीनमा नेपालको फोटो प्रर्दशनी गर्दै
१४ सदस्यीय फोटो पत्रकारको टोलि चिन प्रस्थान

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का १४ सदस्यीय फोटो पत्रकारको टोली चीन प्रस्थान गरेको छ। पिन्चाओ फोटोग्राफर एसोसीयसनको निमन्त्रणामा राष्ट्रिय फोटो पत्रकार समूह,एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १४ सदस्यीय केन्द्रीय टोली फोटो प्रर्दशनीको लागि चीनको सान्तोङ प्रान्त प्रस्थान गरेको हो ।
चीनका चर्चित फोटोग्राफर सु छुई तथा नेपाल चीन मैत्री संघको सहकार्यमा हुन लागेको हिमशृंखलामाथिको उडानले भरिएको नेपाल ( सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनीमा नेपालका पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० मनमोहक तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रर्दशनी गरिने भ्रमण संयोजक सुनिल शर्माले जानकारी दिए ।
भ्रमणले दुई देशबीचका फोटोग्राफर र फोटो पत्रकारबीच मित्रता स्थापना हुनुका साथै एक अर्को देशको सांस्कृतिक तथा पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त अवसरमा चीनका विभिन्न पर्यटकीय साथै शैक्षिक क्षेत्रको पनि अवलोकन गरिने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चिन भ्रमण, #फोटो प्रदर्शनी, #राष्ट्रिय फोटोपत्रकार समूह (NFPJ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्