होली फेशन फेस्टको प्रथम अडिसन फाल्गुन १० गते बोकाभातमा काठमाडौं
काठमाडौं, फाल्गुन – होली फेशन फेस्टको प्रथम अडिसन आउने फाल्गुण दश गते हुने भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा हुन लागेको हो । ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनरको रुपमा रहेको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको दिन अर्थात फाल्गुन २५ गते फेशन र्याम्प, म्युजिकल शो तथा नारी सम्मान कार्यक्रमको आयोजना गर्ने कार्यक्रम रहेको इभेण्ट कम्पनी ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोजले जानकारी दिए । ओझाले अन्तर्राष्ट्रिय नारी दिवसका साथसाथै होली पर्वको अवसर पारेर सो इभेण्ट आयोजक गर्न लागिएको स्पष्ट समेत पारे ।
संस्था र कार्यक्रम बारे प्रकाश पार्दै उनले भने ‘ग्लोरी मिडियाले हालसम्म ८ वटा टेलिभिजन कार्यक्रम प्रस्तुत गरिसकेको छ भने वृत्तचित्र निर्माण, बिज्ञापन निर्माण, देशका १४ वटा स्याटलाईट च्यानलहरुबाट प्रत्यक्ष प्रसारण लगायतको क्षेत्रमा कार्य गरेको छ, अब हामीले इभेण्ट क्षेत्रमा पनि केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होलीको अवसर पारेर होली फेशन फेस्ट एण्ड म्युजिकल इभेण्ट गर्दैछौ ।
‘ यसैगरि, करिब ३० जना जेण्टस र लेडिजहरु सन्देशमुलक विभिन्न थिम लिएर र्याम्पमा उत्रने इभेण्ट कोरियोग्राफर केडी भट्टराईले जनाए । ग्लोरी मिडियाले हाल एनटिभी न्युजबाट सचेतना कार्यक्रम र एनटिभी प्लसबाट हास्यब्यंग्य टेलिश्रृंखला कुरा मात्र भो प्रस्तुत गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्