दमक बिजनेस कम्प्लेक्स निर्माण पूरा

मङ्सिर २१ गते । झापाको दमक वडा नं. ३ मा निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को उद्घाटन हुने भएको छ । स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको समयमा यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो ।
आँउदो मङ्सिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । केही समय अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक तेजबहादुर राईसहितको टोलीले स्थलगत निरीक्षण गरेर यस विषयमा गहन छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
२०७६ सालदेखि निर्माण सुरु भएको प्रस्तावित दमक बिजनेस कम्प्लेक्स एक वर्ष अघि निर्माण सम्पन्न भइसकेको छ । २०७६ साल असार २७ गते प्रधानमन्त्री ओलीले यसको शिलन्यास गर्नु भएको थियो । एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलाको रहेको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो ।
सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका अनुसार कुल एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको छ । एक अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको हो । चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले यो टावर निर्माणको जिम्मा पाएको थियो ।
नेकपा (एमाले) झापाका सचिव एवम् प्रधानमन्त्री ओलीका सचिवालयका सदस्य तुलसी कार्कीका अनुसार बहुआयमीक बिजनेश कम्लेक्सको रुपमा यसको उद्घाटनको तयारी पूरा भएको छ । भौतिक संरचनालगायत सबै काम सम्पन्न भइसकेकाले यसको उद्घाटन हुन लागेको उहाँको भनाइ रहेको छ । यसको उद्घाटन हुने भएपछि स्थानीयहरु उत्साहित भएको समेत उहाँको भनाई छ ।
दमक नगरपालिकाका पूर्व प्रमुख रोमनाथ ओलीका अनुसार यो सुविधा सम्पन्न बहुउपयोगी विजनेश टावरको रुपमा सोचेर बनाईएपनि भ्यू टावरको रुपमामात्र ब्याख्या गरेर भ्रम छर्ने काम भएको बताउनुभयो । यो एउटा नेपालकै अग्लो विजनेश टावर हो र केही समयभित्र नै यो पूर्णरुपमा सञ्चालनमा आउनेमा विश्वस्थ छौ, उहाँले भन्नुभयो ।
कप्लेक्सको भुइँतलामा ४० वटा चारचक्के र दुई सय वटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङस्थल रहेको छ । व्यापारिक प्रयोजनका पसल, सेमिनार हल, बैंक, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, रेस्टुरेन्ट र लज बनाउन सक्ने किसिमको डिजाइन यसमा रहेको सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका इन्जिनियर भुपेन्द्र यादवले बताउनुभयो ।
कम्प्लेक्सको वरिपरि आकर्षक पार्क बनेको छ । प्रधानमन्त्री एवम् यस क्षेत्रका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका केपी शर्मा ओलीले बारम्बार यो भ्यू टावर नभएर पर्यटकीय महत्त्व बोकेको कर्मसियल बिजनेश टावर भएको बताउदै आउनुभएको छ । अनुत्पादक क्षेत्रमा लगानी भएको भन्दै विरोध हुने गरेपछि उहाँले यस्तो बताउदै आउनु भएको हो ।
दमक भ्यू टावरको आसपास क्षेत्रमा स्मार्ट सिटी बनाउने योजना सरकारले अघि सारेपनि यो कार्यान्वयनमा आउन सकेको छैन । स्थानीयहरुको असहयोगका कारण नै यो कार्यन्वयनमा आउन नसेकेको बताइने गरेको छ । वडा नं. ३ का वडाध्यक्ष नबिन बरालका अनुसार बारम्बार सरकार फेरिदा र स्मार्ट सिटी सम्बन्धी स्पष्ट खाका नआएका कारण स्थानीयले कुरा नबुझेको हुन सक्छ ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले निर्माण सम्पन्न भइसकेकाले चाँडो यो सर्वसाधरणका लागि खुला होस र उद्देश्य अनुरुप सञ्चालन होस् भन्ने आफुहरुको चाहाना रहेको उल्लेख गर्नुभयो । यसमा स्थानीय सरकारले खेल्नु पर्ने भूमिका सधैँ खेल्ने पनि उहाँको भनाइ थियो । नगरपालिकाले जिम्मा लिन मानेन भनेर आरोप लगाइयो तर अहिलेसम्म औपचारिक रुपमा जिम्मा लिन कसैले भनेको छैन, उहाँले स्पष्ट पार्नुभयो ।
स्थानीयले नै निःशुल्क रुपमा ५ बिगाह जग्गा उपलब्ध गराएको स्मरण गर्दै स्थानीयले यहाँ आउने योजनालाई स्वागत गर्ने बरालको दाबी छ । स्थानीयलाई बुझाएर काम अघि बढाउन सकिन्छ, उहाँले भन्नुभयो । यहाँ आउने सडकहरुलाई स्तरउन्नती गरेर र आवश्यक अन्य पुर्वधार बनाएर अघि बढ्नुपर्छ, उहाँको भनाइछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दमक बिजनेस कम्प्लेक्स निर्माण पूरा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्