कोरोना भाइरसले मृतकको संख्या ५६५ पुग्यो, २८ हजार बढी संक्रमित
कोरोना भाइरसका कारण बुधबार मात्रै चीनमा थप ७३ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । त्यस्तै फिलिपिन्स र हङकङमा एक–एक जना गरी जम्मा ५६५ को मृत्यु भएको छ ।
धबार मात्रै थप ३ हजार ६ सय ९४ मा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्। चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २८ हजार १८ पुगेको छ। मंगलबारको तुलनामा बुधबार संक्रमितको संख्या घटे पनि मृतकको संख्या भने बढेको छ। मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो।
त्यस्तै मंगलबार करिब ३ हजार ९ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।चीन र विश्वका विभिन्न दुई दर्जन मुलुकमा गरी संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ।
डब्लूएचओद्वारा चीनको प्रशंसा
चीनमा हालै फैलिइरहेको नोवल कोरोना भाइरसको संक्रमण लाई विश्वव्यापी संकट बन्न नदिन चीनले चालेका कदमको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले प्रशंसा गरेको छ ।
डब्लूएचओ प्रमुख डा। टेड्रोस एड्हानम घेब्रेयसुसले चिनियाँ कदम ‘उपयुक्त’ भएको उल्लेख गर्दै त्यसका कारण अन्य विश्व संकटबाट बचिरहेको जनाए । चीनले भाइरसको प्रकोप सुरुमै रोक्न नसकेको भन्दै आलोचना भइरहेका बेला डब्लूएचओले प्रशंसा गरेको हो ।
जेनेभामा बोल्दै घेब्रेयसुसले चीनले प्रकोप थप फैलिन नदिन तथा नियन्त्रण गर्न प्रयास गरिरहेकाले त्यसलाई अवसरका रूपमा हेर्नुपर्ने बताए । चीनको राजनीतिक नेतृत्वले कोरोना भाइरसको प्रकोपसँग जुध्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ पाइएको स्वीकारेको भोलिपल्ट घेब्रेयसुसको यस्तो भनाइ आएको हो ।
डब्ल्यूएचओले कोरोनाको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल भने पनि यो महामारीको अवस्थामा पुगिसकेको छैन । चीन सरकारले सुरुमा यस भाइरसको संवेदनशीलतालाई कम आँकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोपसमेत झेलेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना भाइरस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्