Techie IT
सोमबार, वैशाख २२,२०८२

संखुवासभामा संसदीय प्रणालीमा वादविवाद प्रतियाेगिता ‘द डिवेट वार’ हुने

मंसिर १४ गते देखि सुरु हुने याे कार्यक्रम विभिन्न चरणमा सम्पन्न हुनेछ ।


खांदबारी – संखुवासभामा नै पहिलाे पटक संसदीय प्रणालीमा आधारित वादविवाद प्रतियाेगिता ‘द डिवेट वार हुने भएकाे छ । मंगलबार असल शासन क्लब सङ्खुवासभाले नेपाल पत्रकार महासंघकाे कार्यालयमा पत्रकार सम्मेलन गरेर याे कार्यक्रमकाे जानकारी दिएकाे हाे ।

आयोजकका अनुसार मंसिर १४ गते देखि सुरु हुने याे कार्यक्रम विभिन्न चरणमा सम्पन्न हुनेछ । वर्ड  स्कुल डिवेट च्याम्पियनसिप (डव्लुएसडीसी) काे नियमानुसार सञ्चालन हुनेछ । कार्यक्रम संयाेजक अनुप चापागाईका अनुसार खाँदवारी नगरपालिका भित्रका माध्यमिक बिद्यालय स्तरीय १९ बर्ष मुनिका विद्यार्थीहरु सहभागी हुनेछन् । एक विद्यालयबाट १ छात्रा सहित ३ जना विद्यार्थीहरु सहभागी हुन पाउने चापागाईले जनाउनुभयो।

विद्यार्थीहरुकाे बाैद्धिक क्षमता विकास गरेर खाेज तथा अनुसन्धान गर्न प्ेरित गरि सामुहिक भावनाकाे विकास गर्दै आलाेचनात्मक चेतनाकाे अभिवृद्धी गर्नका लागि याे कार्यक्रम गर्न लागिएकाे चापागाईले बताउनुभयो । याे कार्यक्रममा प्रथम हुने विद्यालयले नगद रु ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने विद्यालयले नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयाेजकले जनाएकाे छ । त्यस्तै सेमिफाईनलिष्ट् बाँकी २ विद्यालयले नगद रु ५ हजारका दरले , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Partly Cloudy
5:19 am6:41 pm +0545