एसपी गौतम मिश्रले सम्हाले कार्यभार, व्यवसायिकतामा आँच नआउने गरी काम गर्न निर्देशन
चितवनलाई सुरक्षित शहर बनाउन प्रहरीको मुख्य भूमिका हुन्छ - एसपी मिश्र

जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएर आएका एसपी गौतम मिश्रले बिहीबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिमालको मानव बेचबिखन ब्यूरोमा सरुवा भएपछि उनको ठाउँमा मिश्र आएका हुन् ।
स्वागत कार्यक्रममा उनले आफू मातहतका प्रहरी कर्मचारीलाई उच्च व्यवसायिकता प्रदर्शन गरेर काम गर्न निर्देशन पनि दिएका छन्। सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्नुपर्ने, काम गर्दा व्यसायिकतामा आँच नआउने गरी काम गर्नुपर्ने, सेवाग्राहीलाई विशेष प्राथमिकतामा राखेर द्रूत सेवा दिन निर्देशन दिएका छन्।
चितवनलाई सुरक्षित शहर बनाउन प्रहरीको मुख्य भूमिका हुने भएकाले सोही अनरुप प्रहरीले आफ्नो ड्युटी गर्नुपर्ने उनले बताए। जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिमालको मानव बेचबिखन ब्यूरोमा सरुवा भएपछि उनको ठाउँमा गौतम मिश्र आएका हुन् ।
मिश्र प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफुलाई परिचित गर्न सफल भएका छन् । प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ नाँ अभियानको सिर्जना गर्ने क्षमतावान बौद्धिक प्रहरी अधिकृतका रुपमा समेत परिचित उनी विभिन्न जघन्य अपराधलाई अनुसन्धान गरी टुँगोमा पुर्याउन सफल भएकै कारण अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृतका रुपमा समेत चिनिएका छन्। उनले एक बर्ष अघि मात्रै जिल्ला प्रहरी कार्यालय धादिङको समेत सफल कमान्ड गरिसकेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय, फोटो समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्