अत्यावश्यक खाद्यान्न अभाव नहुने, तरकारी बजारमा पाँच करोडको क्षति

काठमाडौँ, असोज १३ गते । अविरल वर्षाका कारण उपत्यकासँगै बाहिरी जिल्लामा सडक तथा यतायातमा क्षति पुर्याएको खबरहरू आइरहेकाबेला त्यसले खाद्यान्न आपूर्तिमा कुनै असर नपर्ने जनाइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बजारमा पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात रहेकाले तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल आठ हजार मेट्रिक टन चामल मौज्दात रहेको छ । अविरल वर्षाको कारणले खाद्यान्न अभाव हुने ठाउँमा आपूर्ति व्यवस्था सहज बनाउन चामल मौज्दात रहेको माग आउना साथ कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताउनुभयो । सरकारी निकायसँगै र निजी क्षेत्रसँग खाद्यान्न मौज्दात रहेकाले तत्काल अभाव नहुने उहाँले बताउनुभयो । अभाव भएका ठाउँमा माग आउनासाथ तत्काल खाद्यान्नको आपूर्ति गर्ने अवस्थामा मन्त्रालय रहेको उहाँले बताउनुभयो ।
“सरकारी निकाय र निजी कम्पनीसँग खाद्यान्न सञ्चित छ, बाटो खुल्दा साथ आपूर्ति व्यवस्था नियमित हुन्छ, यसले गर्दा तत्काल बजारमा अभाव हुदैन,” सचिव कार्कीले भन्नुभयो । लामो समयसम्म बाटो अवरुद्ध हुँदा आपूर्तिमा कठिनाइ पर्न सक्ने बताउँदै उहाँले सडक सुचारु हुनासाथ खाद्यान्नको आपूर्ति नियमित हुने हुँदा अभाव नहुने दाबी गर्नुभयो ।
अनुगमनको आवश्यकता
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले यही बाढीपहिरोको मौका छोपेर व्यवसायीले बजारमा कृत्रिम अभाव सिर्जना गर्न सक्ने भएकाले सरकारमा त्यसमा सचेत रहनुपर्ने बताउनुभयो । त्यसका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै उहाँले उपभोक्तालाई ठगिनबाट जोगाउनुपर्ने बताउनुभयो ।
बाढीपहिरोका कारण व्यवसायीले सामान नोक्सान भएको भनेर बिमा दाबी गर्नुका साथै उपभोक्ताबाट सामानमा बढी मूल्य लिई दोहोर फाइदा लिन सक्ने हुन्छ, त्यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । डुबानका कारण सामानको क्षति भएको छ कि छैन भनेर सरकारले अनुगमन गरिनुपर्ने उहाँको भनाइ छ । वर्षाका कारणले उपत्यकाका विभिन्न ठाउँमा रहेका खाद्यान्नका गोदाम डुबानमा परेका छन् । व्यवसायीका अनुसार खाद्यान्नको गोदाम रहने बल्खु, कुलेश्वर, सानेपा, भक्तपुरको ठिमीमा रहेका गोदाम डुबानमा परेका छन् ।
तरकारी तथा फलफूलमा क्षति
खाद्यान्नसँगै तरकारी तथा फलफूलमा समेत ठुलो क्षति भएको व्यवसायीको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले दसैँलक्षित राखिएका खाद्यान्नका गोदाममा डुबानमा परेको जानकारी दिनुभयो । खाद्यान्नका गोदाम डुबानमा परेका छन्, कति क्षति भयो भन्ने व्यवसायीले खोलेर हेर्न सकेका छैन, अध्यक्ष कमलेश अग्रवालले भन्नुभयो, “सामान नोक्सान भएपछि बजारमा सामान्य अभाव हुन सक्छ ।”
बल्खु तरकारी बजारमा बाढीले ठुलो क्षति पुर्याएको छ । तरकारी बजारभित्र दोस्रो तलासम्म पानी परेकाले तरकारीसँगै खाद्यान्न नष्ट भएको बल्खु तरकारी बजारका सञ्चालक मोहनकुमार बस्नेतले जानकारी दिनुभयो । “बजारभित्र बाढी बसेकाले कति क्षति भयो भनेर यकिन तथ्याङ्क सङ्कलन गर्न सकिएको छैन,” उहाँले भन्नुभयो, “तरकारी, खाद्यान्न गरेर अनुमानित पाँच करोड रुपियाँको क्षति भएको छ ।” आलु प्याज, लसुन, जोख्ने ढक तराजुसँगै, गोदाममा राखिएको ठुलो परिमाणमा चामल, दाल र तेल नष्ट भएको उहाँले जानकारी दिनुभयो ।
जडीबुटी तरकारी बजारमा पनि क्षति पुगेको छ । त्यहाँ रहेको स्टलका तरकारी बगाउनुका साथै गोदाममा राखिएको खाद्यान्नमा पनि असर पुर्याएको छ । यद्यपि उपत्यकाको मुख्य तरकारी बजार कालीमाटीमा बाढीले कुनै क्षति पुर्याएको छैन तर राजमार्ग अवरोध भएका कारण शनिबार तरकारी भित्रिन नसकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले शनिबार २० देखि ३० टन तरकारी भित्रिएको जानकारी दिनुभयो ।
सामान्य अवस्थामा कालीमाटीमा दैनिक ६५० देखि सात सय टन तरकारी भित्रिने गरेको छ । राजमार्ग नियमित रूपमा सुचारु नहुन्जेल बजारमा तरकारीको आपूर्तिमा भने असहज हुने देखिएको उहाँले बताउनुभयो । बर्सातका कारण आपूर्ति नहुँदा शनिबारदेखि नै बजारमा तरकारीको अभाव हुन थालेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अत्यावश्यक खाद्यान्न अभाव नहुने, #तरकारी बजारमा पाँच करोडको क्षति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्