Techie IT
सोमबार, वैशाख २२,२०८२

एक तोलाको १ लाख ६० हजार नाघ्यो सुनको मूल्य, लगातार ४ दिन नयाँ रेकर्ड कायम


काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि असोज ८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४०रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एक तोलाको १ लाख ६० हजार नाघ्यो सुनको मूल्य, #लगातार ४ दिन नयाँ रेकर्ड कायम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545