साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौं, ४ असोज । साफ यू–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरु हुँदैछ । दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन् ।
आज हुने उद्घाटन खेलमा भारत र बंगलादेश आमनेसामने हुने छन् । उद्घाटन खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । भारत गत संस्करणको उपाधि विजेता टोली हो ।
यसैगरी, नेपालले आफ्नो पहिलो खेलमा शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । साफ यू–१७ का लागि बुधबार भुटान उत्रिएसँगै अभ्यास गरेको थियो ।
नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताउनुभएको छ । नेपाली टिमले काठमाडौंमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । टिमका सबै खेलाडी फिट रहेको बताउँदै २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट उतार्ने बताउनुभयो ।
सन् २०२२ को साफ यू–१७ मा उपविजेता भएको नेपालको लक्ष्य नै उपाधि रहेको उहाँको भनाई छ ।
नेपाल र पाकिस्तानबीचको खेल शनिबार पौने २ बजे चाङ्लिमिथिाङ रंगशालामा हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्