पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, मनोनयन दर्ता असोज ४ मा

काठमाडौ । आगामी असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महासंघको निर्वाचन समितिले शनिबार साँझ सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आगामी असोज ४ मा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनय दर्ता समय निर्धारण गरिएको छ ।
यस्तै उम्मेदवारको नामावली प्रकाशन असोज ४ गते नै साँझ ५ बजे हुनेछ भने उम्मेदवारमाथी दाबी विरोध असोज ४ गते साँझ ५ बजे देखि असोज ५ गते दिउसो २ बजेसम्म रहेको छ । यस्तै उम्मेदवारले नाम फिर्ता लिने समय असोज ४ गते साँझ ५ बजे देखि असोज ५ गते अपरान्ह ४ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली असोज ५ गते साँझ ६ बजे प्रकाशन हुनेछ ।
निर्वाचन कार्यतालिका अनुसार प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजे देखि दिउसो ३ बजेसम्म रहेको छ भने संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखा मनोनयन दर्ता असोज १० गते बिहान १० बजे देखि दिउसो ३ बजेसम्म रहेको छ ।
कार्यतालिका अनुसार असोज १२ गते बिहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म हुने र मतगणना पनि मतदान कार्य सकिए लगत्तै हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार शनिबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन भइसकेको निर्वाचन समितिका संयोजक प्रा।चिरञ्जीवी खनालले जानकारी दिए । उनका अनुसार कार्यतालिकामा उल्लेखित सबै कार्यक्रम सम्बन्धित निर्वाचन समितिले तोकेको स्थान र समयमा सम्पन्न हुने र मतदान गर्ने समय समाप्न्त भए पछि मतगणना कार्य सम्बन्धित निर्वाचन समितिले तोकेको स्थान र समयमा हुने जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, #मनोनयन दर्ता असोज ४ मा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्