लागूऔषध कारोबारको आरोपमा रास्वपाका पूर्वसांसद ढाकाकुमार पक्राउ,

पोखरा, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएको छ ।
पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालक ४८ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
गत साउन ३ गते पोखरा-२ बसपार्कबाट रोल्पाका ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध ट्रामाडोलसहित पक्राउ परेका थिए । त्यसको अनुसन्धानका क्रममा थापामगरले लागूऔषध श्रेष्ठको दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए । सोही बयानका आधारमा आज फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingn, ## breakingnews, #लागूऔषध कारोबारको आरोपमा रास्वपाका पूर्वसांसद ढाकाकुमार पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्