बाटोमै रोकिए स्याउ बोकेका ट्रक

भदौ १७ गते । कर्णाली राजमार्ग बन्द हुँदा व्यापारी मारमा परेका छन् । कालीकोट र जुम्ला जिल्लाको स्याउ ढुवानीको समयमा कर्णाली राजमार्गमा पहिरो गई सडक बन्द भएकाले व्यापारी मारमा परेका हुन् । कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका गाउँपालिका–१, दहीखोला, गगनेखोलादेखि एसमोडसम्म पहिरो गएको छ ।
पहिरोका कारण व्यापारीका स्याउका ट्रक कालीकोटका विभिन्न स्थानमा रोकिएका छन् । कालीकोटको सदरमुकाम मान्म ताडीमा स्याउ बोकेका ६३ वटा ट्रक रोकिएका छन् । ट्रकमा राखिएका स्याउ कुहिन थालेको गुनासो व्यापारीले गरेका छन् । स्याउका पेटीको केही भाग हेर्दा स्याउका दाना आधा कुहिइसकेको देखिन्छ । सरकारले स्रोतसाधन प्रयोग गरेर सडक खुलाउनुको सट्टा सुस्त गतिमा काम गरिरहेको आरोप व्यापारीहरूको छ । सिँजा क्षेत्रबाट स्याउ ल्याएका व्यापारी उब्जन बुढाले आफ्नो दुई ट्रक स्याउ जोखिममा रहेको बताउनुभयो । उहाँले ट्रकमा खाँदेर राखेकाले स्याउ बिग्रने खतरा रहेको बताउनुभयो । बाहिरको भागमा राखिएको पेटीको स्याउ त कुहिइसकेको छ भने भित्र खाँदिएको स्याउको हालत कस्तो होला भन्दै बुढाले गुनासो गर्नुभयो । किसानले प्रशासन कार्यालयसमेत सडक खुलाउन गम्भीर नभएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय कालीकोटमा पुगेर व्यापारीले स्याउको क्षतिपूर्ति दिन मागसमेत गरेका छन् । सडक खुलाउने काम प्रभावकारी भएको छैन भन्दै उनीहरूले काम के कति भएको छ भनेर सूचनासमेत नपाएकाले आफूहरू समस्यामा रहेको स्याउ किसान तथा व्यापारीको भनाइ छ । प्रहरीले ताडी बसपार्कमा खान, बस्न र सुरक्षाका लागि सहज हुने भएकाले रोकेको जनाएको छ । जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबैभन्दा ठुलो पहिरो झरेको गगनेखोलाको पहिरो पन्छाए पनि अन्यत्रको सडकमा काम भइरहेको बताउनुभयो । राजमार्गमा पर्ने नौ किलोमिटर सडकमा पहिरो गएकाले मर्मतको काम भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बाटोमै रोकिए स्याउ बोकेका ट्रक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्