Techie IT
बिहीबार, वैशाख २५,२०८२

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, १६ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको हुनाले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको कारण हाल कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा सामान्य बदली रहेको छ । बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो भने देशभर मौसम सामान्य रही बागमती, गण्डकी, लुम्बिनी, कर्णालीलगायत अन्य प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

आज राति देशभर आंशिक बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णालीलगायत अन्य प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गण्डकी, #बागमती, #लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:17 am6:42 pm +0545