उर्जा मन्त्रालयको वरिष्ठ उर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त

काठमाडौँ, १४ भदौ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वरिष्ठ उर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त हुनुभएको छ ।
नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८१ भदौ १३ को निर्णयबाट उर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ का अधिकारीलाई वरिष्ठ उर्जा विज्ञमा नियुक्त गरिएको हो ।
इलेक्टिकल ईन्जिनीयरिङ स्नातकोत्तर (डिग्री) हासिँल गरी नेपाल विद्युत प्राधिकरणबाट उप कार्यकारी निर्देशक पदबाट निवृत्त हुनुभएका अधिकारी झण्डै तीन दशकदेखि नेपालको उर्जा क्षेत्रको विकासमा क्रियाशिल हुनुहुन्छ ।
विशेषतः उर्जा व्यापार, अन्तरदेशीय विद्युत प्रसारण तथा उर्जा नीतिका ज्ञाता मानिने नवनियुक्त उर्जा विज्ञ अधिकारीले आजै मन्त्रालयमा पदभार समेत ग्रहण गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उर्जा बिज्ञ नियुक्त, #उर्जा मन्त्रालय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्