दिनेशको निर्देशन रहेको म्युजिक भिडियो सार्वजनिक

चर्चित म्युजिक भिडियो निर्देशक दिनेश माङ्गमु द्धारा निर्देशित घुम्न जाउँ धरान शहर बोलको गीत सार्वजनिक भएको छ । माया ईन्टरटेन्मेन्ट युटुव च्यानलबाट प्रसारण भएको उक्त भिडियो ६ मिनेट सात सेकेण्ड रहेको छ । माया तामाङ्गको प्रस्तुति रहेको भिडियोका निर्देशक दिनेश माङ्गमुले गरेका हुन ।
राजह्याङ्ग आङ्गबोको शब्द रहेको यस गीतमा दिप्सन लिम्वूको संगीत र स्वर रहेको छ भने स्वरमा लिम्वूलाई मेलिना मैनालीले साथ दिएकी छिन ।
दिनेश पराजुलीको छायांकन रहेको यस गीतको एरेञ्ज विश्व अधिकारीले गरेका हुन भने सम्पादन अनिल रानाले गरेका हुन ।
पोष्ट प्रोडक्सनको काम भने निर्देशकको आफ्नै पोस्ट प्रोडक्सन माङ्गमु फिल्मसले गरेको हो यस भिडियोदबाट भने उनले तामाङ्ग जातीको भाषा, भेषभुषा र संस्कृती देखाउन खोजेका छन ।
प्रेम कथामा आधरित म्युजिक भिडियोमा नग्मा श्रेष्ठ, यम लिम्बू र प्रकाश लिम्बू फिचर भएका छन । भिडियोमा बाबु–आमाको ईच्छा विपरित प्रेमीका आफ्नो प्रेमीसँग भाग्छिन र भाग्दा भाग्दै यसको ईन्डिङ्ग सस्पेन्स रहेको छ ।जुन सस्पेन्स थाहा पाउनका लागी भिडियो नै हेर्नु पर्ने हुन्छ ।
गीतको मर्म अनुसार कथा निर्माण र कथालाई जिवित बनाउने निर्देशकका रुपमा परिचित निर्देशक माङ्गमुले यस भिडियोलाई पनि कलात्मक रुपमा प्रस्तुत गरेका छन ।
उनको निर्देशकीय क्षमता र अनुभव यस भिडियोबाट प्रष्टै झल्किन्छ । निर्देशक माङ्गमले तिन दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेर आफूलाई अव्वल दर्जाको म्युजिक भिडयो निर्देशकका रुपमा स्थापित गरिसकेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिनेशको निर्देशन रहेको म्युजिक भिडियो सार्वजनिक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्