अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
काठमाडौं, साउन २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कमल प्रसाद खनालविरुद्ध गैरकानुनी लाभ लिइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा शुक्रबार पुनरावेदन गरिएको छ ।
जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक वर्ष २०७०/७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्गक्रम अन्तर्गत नेपाल जलवायु परवर्तनको प्रचार प्रसारका लागि होर्डिङ बोर्ड निर्माण कार्यमा न्यू एकता इन्जिनियरिङ्ग वक्र्स नेपालगञ्ज, बाँकेको नामबाट मिति २०७१ वैशाख २४ को कर बिजक नं. ५८ को नक्कली बिलबाट होर्डिङ बोर्ड निर्माण गरेको भनी दुई लाख ४७ हजार ४९७ रुपियाँ र निर्मल लामिछानेको नक्कली भरपाइ स्रेस्तामा समावेश गरी २४ हजार रुपियाँ खर्च लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार झुट्टा बिल भरपाइ समावेश गरी खरिद नै नगरिएको सामानको ढुवानी बापत समेतको खर्च देखाइ खर्च लिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा बिगो तीन लाख २६ हजार ४९७ रुपियाँ कायम गरी मुद्दा पुनरावेदन भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्