विद्युत क्षेत्रलाई गुणस्तरीय बनाउन सम्झौता अनुसार काम भएको छ : कुलमान घिसिङ
काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हरेक नेपालीको घरमा विद्युत पुर्याउन विद्युतीकरण र विद्युतीय क्षेत्रलाई गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवं सुदृढीकरणका लागि पर्याप्त काम भएको दाबी गर्नुभएको छ ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारवाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले आफू प्राधिकरणमा दोस्रो कार्यकाल सम्हाल्दै गर्दा उर्जा मन्त्रालयसँग गरेको सम्झौताअनुसार नै सूचकांकहरुमा सुधार भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘उर्जा मन्त्रालय र प्राधिकरणमा आउने वित्तिकै विभिन्न सूचाकंहरुमा सुधार ल्याउने गरी सम्झौता भएको थियो । उर्जा मन्त्रालयले गरेको कार्य सम्पादन र सम्झौताको मुल्यांकनमा आर्थिक वर्ष २०७८/०७९, २०७९/८० मा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको छ ।’
मुलुकलाई लोडसेडिङमुक्त गरेर विद्युत आपुर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न तथा उपभोक्ताहरुलाई विद्युत आपुर्ति गराउन प्रणालीको विकास एवं पूर्वाधार निर्माणलाई प्राविधिक रुपमा विकास गरिएको उहाँको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्युत क्षेत्रलाई गुणस्तरीय बनाउन सम्झौता अनुसार काम भएको छ : कुलमान घिसिङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्