Techie IT
आईतबार, वैशाख ६,२०८३

यी हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने


काठमाडौँ, साउन २३ गते । नुवाकोटको सूर्यचौर गाउँपालिका ७ मा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुने पाँच जनाको परिचय खुलेको छ ।

हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् । जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, चिनिया नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झि जेमिङ रहेको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

मृतहरुको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौँ ल्याउने तयारी गरिएको पनि नागरिक उडड्यन प्राधिकरणले उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यी हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने


तपाईको कमेन्ट लेख्नुहोस्