Techie IT
शुक्रबार, वैशाख १८,२०८३

मुग्लिन–मलेखु सडक अवरुद्ध


मुग्लिन (चितवन),  साउन २३ गते ।  पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको  इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई  पन्छाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मुग्लिन–मलेखु सडक अवरुद्ध


तपाईको कमेन्ट लेख्नुहोस्