Techie IT
बिहीबार, वैशाख १७,२०८३

हिंसा भड्किएपछि प्रधानमन्त्री हसिना ‘सुरक्षित स्थान’ तर्फ पलायन


ढाका, साउन २१ गते । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाका छोडेको उहाँनिकट स्रोतले सोमबार जानकारी दिएको छ ।

नाम उल्लेख नगर्ने शर्तमा उक्त स्रोतले भन्यो, “प्रधानमन्त्री र उहाँकी बहिनी प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । “उहाँले देशवासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहनुभएको थियो । तर त्यसो गर्ने मौका पाउनुभएन ।”

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशवासीका नाममा सम्बोधन गर्ने सैनिक स्राेतले एएफपीलाई जानकारी दिएको केही समयपछि नै प्रधानमन्त्रीले सुरक्षालाई दृष्टिगत गर्दै सरकारी निवासबाट बाहिरिनुभएको हो ।

आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हिंसा भड्किएपछि प्रधानमन्त्री हसिना ‘सुरक्षित स्थान’ तर्फ पलायन


तपाईको कमेन्ट लेख्नुहोस्