सुदूरपश्चिममा कांग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम
धनगढी, साउन २१ गते । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको नेपाली कांग्रेसले मन्त्रीको टुङ्गो लगाएको छ । कांग्रेसको संसदीय दलको सोमबार बसेको बैठकले बहादुरसिंह थापा र मेघराज खड्कालाई सुदूरपश्चिम सरकारमा पठाउने निर्णय गरेको छ ।
थापालाई आर्थिक मामिलामन्त्री, खड्कालाई सामाजिक विकास मन्त्री बनाउने निर्णय बैठकले गरेको हो ।
यसैगरी, प्रकाश बमलाई आर्थिक मामिला राज्यमन्त्री, सरस्वती खड्कालाई सामाजिक विकास राज्यमन्त्री बनाउने निर्णय गरेको नेपाली कांग्रेस कैलालीका सचिव एवम् मुख्यमन्त्रीको निजी सचिवालयका नृप सुनारले जानकारी दिनुभयो ।
नेकपा (एमाले) ले दुई र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिने सहमति गरिएको छ । एमालेले वीरबहादुर थापा, सुरेन्द्र पाल, हीरा सार्कीलाई मन्त्री र निर्मला साउँदलाई राज्यमन्त्री बनाउने निष्कर्षमा पुगे पनि निर्णय गर्न बाँकी रहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुदूरपश्चिममा कांग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्