मन्त्रालय भागबन्डाको रस्साकस्सी
धनगढी, साउन २१ गते । नयाँ सरकार गठनको बाटोमा अगाडि बढेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालय भागबन्डाको रस्साकस्सी चलेको छ ।
काँग्रेसले दुई, नेकपा (एमाले) ले तीन र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सङ्ख्यामा सहमति भए पनि पावर सेयरिङ्गमा विवाद देखिएको छ । खास गरेर मन्त्रालयको विषयमा टुङ्गो नलाग्दा शपथ ग्रहणको समय निश्चित नभएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताउनुभयो ।
“मन्त्रालय लिने सङ्ख्यामा कुनै विवाद छैन, तर पावर सेयरिङ्गको विषयमा समस्या देखिएको छ”, उहाँले भन्नुभयो,“बिहान ११ बजेसम्म सबै कुराको टुङ्गो लागे मुख्यमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण चाँडै हुन्छ ।”
मन्त्रालय टुङ्गो नलागेका कारण मन्त्री क–कसलाई पठाउने भन्ने पनि टुङ्गो लागेको छैन । नेपाली काँग्रेसको हकमा सिनीयर व्यक्तिहरू मन्त्री बन्नु पर्ने मुख्यमन्त्री कमलबहादुर शाहको चाहना रहेको सुनारले बताउनुभयो ।
“यद्यपि, सबै कुरा मिलाउन गाह्रो छ”, उहाँले भन्नुभयो,“मन्त्रालय सङ्ख्या कम छन् । जातीय, भाैगालिक , लिङ्ग, गुट, उपगुट धेरै कुरा छन् । सबै मिलाउन हम्मे नै हुने गर्दछ ।”
मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएपछि एमाले र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा काँग्रेसका शाह दोस्रो पटक मुख्यमन्त्री बन्नु भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्त्रालय भागबन्डाको रस्साकस्सी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्