राष्ट्रिय परिचयपत्रका लागि दुई लाखभन्दा बढीकाे रजिष्ट्रेसन
नेपालगन्ज, साउन १७ गते । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवा सुविधा लिनका लागि पनि अनिवार्य गर्न थालेपछि पछिल्लो समयमा बाँकेमा राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन गराउनेहरु ह्वात्तै बढेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको जानकारी अनुसार जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार ७५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि रजिष्ट्रेसन गराएका छन् । ती मध्ये ५४ हजार ३३३ जनाले जिल्ला प्रशासन कार्यालयमै पुगेर परिचयपत्रका लागि राजिष्टे«सन गराएको र अन्यले विभिन्न वडाहरुमा रजिष्टे«सन गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । उहाँले परिचय पत्रका लागि रजिष्टे«सन गराएर नम्बर लिएर जाने धेरै भएपनि परिचय पत्रको कार्ड लिन आउने भने निकै कम संख्यामा रहेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा तयार भएर आएका ३४ हजार २५१ परिचय पत्रका कार्डमध्ये सात हजार ७४५ कार्ड मात्र सम्बन्धित व्यक्तिहरु लिन आएको प्रजिअ रिजालले बताउनुभयो । २६ हजार ५०६ वटा कार्ड जिल्ला प्रशासनमा आएपनि सम्बन्धित व्यक्तिहरु लिन नआउँदा वितरण हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले विभागको निर्देशन अनुसार अहिले प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको कार्ड वितरण स्थगन गरिएको बताउनुभयो । उँहाले जिल्ला प्रशासन कार्यालय, कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनरी गाउँपालिकाका केही वडा, राप्तीसोनारी गाउँपालिका–९ तथा नरैनापुर गापाका वडा नं १, २, ३, ४ र ५ नम्बर वडाका लागि ‘रजिष्टे«सन’ को काम भइरहेको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी माझीले थप्नुभयो, “अहिले पनि राष्ट्रिय परिचयपत्रका लागि गाउँगाउँमा धमाधम काम भइरहेको छ ।” जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार केही वर्षअघि टोली परिचालन गरेर राष्ट्रिय परिचयपत्र बनाइएकोमा उक्त टोलीले जिल्लामा २० हजारको रजिष्ट्रेसन गरेको थियो ।
पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउनेहरुमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका नागरिकहरु बढी भएको जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन शाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय परिचयपत्रका लागि दुई लाखभन्दा बढीकाे रजिष्ट्रेसन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्