हवाई र सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्छ’
काठमाडौँ, साउन १७ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई र सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
बिहीबार सौर्य विमान दुर्घटनाबाट घाइते पाइलट मिनषरत्न शाक्यको स्वास्थ्य अवस्था बुझ्न काठमाडौँ मेडिकल कलेज पुग्नुभएका उपसभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले आफूले पाइलट शाक्यलाई भेटेको र उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको बताउनुभयो । उहाँले विमानस्थलमा थप केके सुविधा थप्नुपर्ने हो त्यसमा आवश्यक ध्यान दिनुपर्ने जानकारी दिनुभयो ।
‘‘हामीले विमान चालक मनिषरत्न शाक्यलाई भेट्यौँ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो । उहाँको उपचार अझै जारी रहने चिकित्सकहरुले भन्नुभएको छ । उहाँले आफ्नो स्वास्थ्य निकै सुध्रिएको बताउनुभएको छ । सबैको आशिर्वादले पुनःजन्म पाएको बताउनु भयो । उहाँ कुरा पनि गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पुनः जन्म हुन्छ भन्नेकुरा उहाँबाट प्रमाणित भएको छ ।,’’ उपसभापति खड्काले भन्नुभयो, ‘‘उहाँले अब सबै ठिक भएपछि जाँचबुझ समितिसँग धेरै कुरा बताउनु हुनेछ । जसले गर्दा विमान दुर्घटनाका बारेमा जानकारी हुनेछ । हामीले सबैले प्रयत्न गर्दागर्दै पनि दुर्घटना भएका छन् । सडक, हवाई दुर्घटनालाई सबै राजनीतिक दल, सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । विमानस्थलमा थप केके सुविधा गर्नुपर्छ त्यो गर्ने, दुर्घटना रोक्न धेरै गम्भीर हुनुपर्छ ।’’
कांग्रेसका सांसद एवम् अस्पतालका प्रमुख डा. सुनिल शर्माले पूर्वजन्ममा धेरै पुण्य गरेको फल अहिले प्राप्त भएको बताउनुभयो । उहाँले काठमाडौँ मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम भन्नेकुरा पनि आम नागरिकलाई जानकारी मिलेको बताउनुभयो । उहाँले अस्पताल र चिकित्सकहरुको मेहनतले पाइलट शाक्यलाई बचाउन सकेको औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पुर्खाहरुले राम्रो कर्म गरेकाले धेरे पुण्य काम गरेकाले उहाँ जीवित हुनुहुन्छ । किनभने सबै मर्ने उहाँ बाँच्नसक्ने भन्ने हुँदैन । उपचार गरेर उहाँलाई जोगाउने हाम्रो चिकित्सक टिमलाई पनि धन्यवाद दिन्छु । काठमाडौँ मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम छ, भन्नेकुरा पनि आम जनतालाई बुझ्न सजिलो बनाएको छ ।’’
यता, अस्पतालकी निर्देशक डा. मिना थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको बताउनुभयो । अवस्था सामान्य बन्दै गएपनि घरमा उपचार भने जारी राख्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मनिषरत्न शाक्यको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको छ । सोचेअनुसारको स्वास्थ्य अवस्था सुधार भएको छ । उहाँको उपचार घरमा बसेर पनि लगातार हुन्छ । उहाँको ढाडको एउटा हड्डि भाँचिएको हो ।’’
उहाँले तत्काल काममा फर्किनसक्ने अवस्था भने नरहेको बताउनुभयो । पाइलट शाक्यलाई आज नै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्ग नजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हवाई र सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्छ'
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्