Techie IT
आईतबार, वैशाख ६,२०८३

घट्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घटाएको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको हो ।

यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ ।

घटेको मूल्य आजै राति १२ बजेपछि लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #घट्यो पेट्रोल र डिजेलको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्