विपद र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेङ्गी हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुनेछ । नियमित बर्षावाट सिर्जना हुने डुवान, वाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् । स्वास्थ्य विभागबाट डेङ्गी, हैजासहितका महामारीका रुपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा शिफारिस र उपचार समन्वय प्रदान हुनेछ । यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको छ ।
यस अघि कार्यालय समयमा मात्र हटलाइन खुला हुने गरेको थियो ।
नियमित पानी परिरहेकोले महानगर प्रहरी बलले पानीजन्य विपत्ति डुवान, बाढी तथा पहिरो रोकथाम तथा व्यवस्थापन, चर्किएको सडक तथा पृलमा जोखिम संकेत राख्ने, सवारी तथा मानवीय आवागमन नियन्त्रण गर्ने, पानी कटाएर बचाउनु पर्ने ठाउँमा प्लाष्टिकले छोपेर व्यवस्थापन गर्ने काम गरिरहेको छ । यस्ता समस्या परे ९८५१३५६५०९ मा फोन गर्दा सिधै महानगर प्रहरी बलसँग सम्पर्क हुनेछ ।
बर्खामा फैलिने डेङ्गी र हैजा पनि पानीजन्य समस्या नै हुन् । पिउने पानीमा दिशाजन्य फोहर मिसिए हैजाको जोखिम हुन्छ । खाल्टाखुल्टीमा पानी जमेर ३ दिनभन्दा धेरै रहेमा डेङ्गी फैलाउने लामखुट्टेको जनसंख्या बढ्छ ।
एकै पटक उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, थकित महसुस हुने जस्ता शारीरिक समस्या देखिए डेङ्गी हुन सक्छ । तारन्तार पातलो दिशा भइ रहेमा हैजा हुन सक्छ । यी दुवै समस्याको प्राथमिक उपचार र स्वास्थ्य सेवाबाट प्रदान गरिने उपचारका विषयमा हटलाइनबाट परामर्श दिइनेछ । यसका लागि हटलाइन निःशुल्क नम्बरहरु ११८० र १६६००१०५५११ मा फोन गर्न सकिनेछ ।
साँझ ६ बजेपछाडि ११८० मा डायल गरेर ९ थिच्नुपर्छ । यो फोन स्वास्थ्यकर्मीले उठाउनुहुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विपद र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा सुरु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्