२१ वर्ष पुरानो थियो दुर्घटनामा परेको जहाज

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज २१ वर्ष पुरानो रहेको पाइएको छ । विमान २१ वर्ष ४ महिना पुरानो रहेको पाइएको हो ।
५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो ।प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा तयार पारेको थियो ।
बम्बार्डियरले सन् २००३ मे मा सो विमान अमेरिकी वायुसेवा प्रदायक कम्पनी एट्लान्टिक कोस्ट एअरलाइन्सलाई बेचेको थियो । एट्लान्टिक कोस्ट एअरलाइन्सले अगष्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाई सो विमान बेचेको थियो । त्यसपछि इन्डिपेन्डेन्स एअरले बेचेपछि सन् २००७ जुनमा नाइजेरियाको अरिक एअरले यो विमान किनेर सन् २००८ अप्रिलसम्म उडाएको थियो ।
अरिक एअरबाट दक्षिण अफ्रिकाको एसए एक्प्रेसले अप्रिल २००८ मा यो विमान किनेको थियो । त्यसपछि पुनः अमेरिकाको एरोलिजले सन् २०१७ जनवरीमा लिएर नेपालको सौर्य एअरलाइन्सलाई २०१७ मार्चमा बेचेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #२१ वर्ष पुरानो थियो दुर्घटनामा परेको जहाज, #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्