Techie IT
मंगलबार, वैशाख २३,२०८२

२०७२ देखि उर्जाको जिम्मेवारी लिएर माओवादीले महसुल विवाद समाधान गरेन : एमाले


काठमाडौं, ८ साउन । नेकपा (एमाले) ले २०७२ सालदेखि उर्जा मन्त्रालयको जिम्मेवारी लिए पनि माओवादी केन्द्रले डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान नगरेको आरोप लगाएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद पदम गिरीले संसदमा माओवादी केन्द्रले जनतालाई भ्रम छर्ने गरि विद्युत महसुलको विषय उठाएको भन्दै आलोचना गर्नु भएको हो ।

सांसद गिरीले २०७२ सालदेखि माओवादी केन्द्रनै उर्जा मन्त्रालयको जिम्मेवारी लिएर अहिलेसम्म किन डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधान नगरेको भन्दै प्रश्न गर्नु भएको छ ।

उहाँले भन्नुभयो, ‘२०७२ सालदेखि अहिलेसम्म माओवादी केन्द्रले केहि महिनाबाहेक निरन्तर उर्जा मन्त्रालयको जिम्मेवारी लिनुभएको छ। तर दुर्भाग्य के छ भने उद्योगी र व्यवसायीले उपभोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनका नाममा २२ अर्बभन्दा भुक्तानी लिनुपर्ने छ भनेर केहि लाइन काट्ने काम भएको छ। तर डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको टिओडि मिटरको बिल प्राधिकरणले दिन सकेको छैन। पूर्वाग्राही ढंगले लाइन काटिएको छ। राज्यले निर्णय लिदा विधिमा टेकेर लिनुपर्छ कि पर्दैन। नियम अनुसार भए उति बेला नै किन महसुल नउठाएको ? डेडिकेटेड तथा ट्रंक लाइनका नाममा बर्षौसम्म किन हेरेर बसेको ? लेनदेन छैन भने ?,’

उहाँले लाल आयोगको प्रतिवेदनलाई अनदेखा गरेर फरक रुपमा प्राधिकरणले विद्युतको बिल पठाएर असुल उपर गर्न खोजेको आरोप लगाउँदै प्राधिकरणले कमजोरी गरेको जिकिर गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीले उद्यमीहरुले प्रयोग गरेको बिजुलीको पैसा नउठाउ भनेर भन्यो भनेर माओवादी केन्द्रले अफवाह फैलाएको भन्दै प्रधानमन्त्रीले प्रयोग गरेको महसुल तिर्नुपर्ने बताएको उल्लेख गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #२०७२ देखि उर्जाको जिम्मेवारी लिएर माओवादीले महसुल विवाद समाधान गरेन : एमाले, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545