संखुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण: उर्जामन्त्री खड्का

काठमाडौ, ४ साउन – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले संखुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको बताउनुभएको छ । संखुवासभा–काठमाडौं पत्रकार समाज (एसकाज)ले शनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा संखुवासभाबाट निर्वाचित मन्त्री खड्काले आज स्रोत र साधनले धनी संखुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गनुभयो । उहाँले आफ्नो मुख्यप्राथमिकतामा संखुवासभाको विकास रहेको समेत बताउनुभयो ।
मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनामार्फत उक्त क्षेत्रका जनताको आर्थिक उन्नति गर्न सकिने समेत उल्लेख गर्नुभयो । ‘संखुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नेछु, म धेरै आशा बाँड्दिन संखुवासभाको विज्ञतालाई प्रयोग गरी परिणाम दिने गरी काम गर्नेछु”,उहाँले भन्नुभयो ।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले आफ्नो विज्ञता प्रयोग गरी ऊर्जा क्षेत्रको विकासमा ध्यान दिन मन्त्री खड्कालाई आग्रह गर्नुभयो। उनले संखुवासभाको छविलाई उच्च राख्न मन्त्री खड्कालाई शुभकामना समेत दिनुभयो।
संखुवासभा-काठमाडौँ जर्नालिष्ट एसोसिएसनका अध्यक्ष शंकर खनालले स्रोत साधनले अत्यन्त धनी संखुवासभाको आर्थिक विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले ऊर्जा र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढ्नसके संखुवासभाको विकासले फड्को मार्नसक्ने उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उर्जा मन्त्री, #दिपक खड्का, #संखुवासभा, #संखुवासभा काठमाडौ पत्रकार समाज एसकाज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्