Techie IT
मंगलबार, वैशाख २३,२०८२

मनकामना केबलकार आजदेखि ५० दिन बन्द


काठमाडौं, ३१ असार । मनकामना केबलकार आजदेखि ५० दिनका लागि बन्द भएको छ ।

नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले ५० दिनको लागि बन्द गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ । २६ वर्षअघि जडित प्रविधि प्रतिस्थापन गरेर आधुनिक प्रविधि जडान गरी स्तरोन्नति गर्न लागिएको ​जनाइएको छ ।

केबलकारका नायब महाप्रबन्धक उज्वल शेरचनले डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठासमेत फेर्ने कार्यका लागि आजदेखि भदौ २० गतेसम्म केबलकार बन्द हुने बताउनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मनकामना केबलकार आजदेखि ५० दिन बन्द


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:18 am6:41 pm +0545