संखुवासभाकी जेनिशा बनिन् नेपाली राष्ट्रिय यु–२० महिला भलिबल टिमको क्याप्टेन

संखुवासभा खाँदबारी नगरपालिका वडा नं ८ पिप्लेकी जेनिशा विश्वकर्मा नेपाली राष्ट्रिय यु–२० महिला भलिबल टिमको क्याप्टेनको जिम्मेवारी पाएकी छन् । नेपाली यू-२० महिला भलिबल टिमले यही जुलाई १८ देखि माल्दिभ्समा हुने काभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्दैछ । पहिलो पटक नेपालको उमेर समूहको टोली बनाएर उक्त प्रतियोगिताका लागि अहिले तयारी चलिरहेको छ ।
नेपाल भलिबल संघले पहिलो पटक यू-२० टिम बनाएर अन्तर्राष्ट्रिय उमेर समूहको प्रतियोगितामा खेल्न लाग्दा खेलाडीसँगै प्रशिक्षक संघ र समग्र नेपाली भलिबल नै उत्साहित छ ।
नेपाली टिमको कप्तान रहेकी जेनिशा विश्वकर्माले काभा च्याम्पियनसिप खेल्न पाउनु ठूलो अवसर रहेको बताइन् । ‘पहिलो पटक यू २० टिम बाहिर खेल्न जान लागेकोले हामी एकदमै उत्साहित छौँ । नेपालको जर्सी लगाएर खेल्ने अवसर आउँदा सबैलाई खुशी लागेको छ’, जेनिशाले भनिन्, ‘हामीले त्यसै अनुसार तयारी पनि गरिरहेका छौँ ।’
पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा नै कप्तानको भूमिका पाएपछि जेनिशा पनि गद्गद् छिन् । भनिन्, ‘जुन भरोसा राखेर र विश्वास गरेर कप्तानी दिनुभाछ त्यो विश्वासलाई कामय राख्दै टिमलाई राम्रोसँग नेतृत्व गरेर खेल्छु ।’
संखुवासभाको सुर्य आवशिय मा.वि.मा विद्यालय तह अध्ययन गरेकी जेनिशा हाल काठमाण्डौमा रहेर अध्ययन गरिरहेकी छन् । सुर्य आवशिय मा.वि.का खेल शिक्षक मेघराज तोलाङ्गीका अनुसार उनी सानैदेखि पढाइमा अब्बल, असल एवम् परिश्रमी खेलाडी, विभिन्न खेलमा सहभागी हुँदै आएकी जेनिशा २०७९ देखि नेपालको राष्ट्रिय खेल भलिबलमा निरन्तर खेलिरहेकी छन् ।
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्