टोखामा खानेपानी समस्याबाट मुक्ति गराउन दवाव दिदै मेयर अधिकारी सहीतका टोली केयूकेलमा , काम नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौ । टोखामा खानेपानी समस्या समाधान गर्ने मेयर प्रकाश अधिकारी सहीतका टोली त्रिपुरेश्वर स्थीत काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पुगेको छ । नगरपालिकाले बिभन्न वडाहरुमा खानेपानीको पाइपलाइन बिच्छ्याउने काम र आवश्यक समाग्री र पूर्वाधार बनाइसकेको भएपनि खानेपानी लिमिटेडले पानी बितरण गरेको छैन ।
नगरपालिकाले केयूकेल , खानेपानी लिमिटेड लगायतका निकायहरुसंग पटक पटक आग्रह र संवाद गर्दा पनि बिभिन्न बाँहानामा पानी बितरण नभएपछि मंगलबार मेयर प्रकाश अधिकारी सहीतका टोली खानेपानी लिमिटेड पुगेको हो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अशोक पौडेलसंग विविध विषयमा छलफल गरी तत्काल खानेपानीको समस्या समाधान गर्ने माग मेयर प्रकाश अधिकारीले गर्नुभएको छ । तत्काल खानेपानीको समस्या समाधान नभएमा आन्दोलन गर्ने चेतावनी समेत नगरपालिकाले दिएको छ ।
यसैबिच त्रिपुरेश्वर स्थीत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत प्रमुख अधिकृत अशोक पौडेलले ७ दिन भित्र खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
डेलिगेशनमा टोखा नगरपालिकाको प्रमुख प्रकाश अधिकारी , वार्ड नं ५ को वडा अध्यक्ष मदन गुरुङ , वडा नं ७ को वडा अध्यक्ष नरोतम राना , वडा नं ११ को घनश्याम खडका वडा नं ८ को वडा सदस्य अनुप कुमार राई ,युवा नेता विदुर राना मगर ,वार्ड नं ५ र ७ का टोल बासीहरु खानेपानीको समस्या समाधानको लागि उपत्यका खानेपानी संस्थान त्रिपुरेश्वरमा जानुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखामा खानेपानी समस्याबाट मुक्ति गराउन दवाव दिदै मेयर अधिकारी सहीतका टोली खानेपानी संस्थानमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्