उपमहासचिव विष्णु रिमालको नेतृत्वमा एमालेका ३० नेता चीन प्रस्थान

काठमाडौं, १२ असार । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल गएराति चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरुको टोली १० दिने चीन भ्रमणका लागि बेईजिङ प्रस्थान गरेको हो ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ ।
भ्रमण टोलीमा उपमहासचिव रिमालसहित स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत, सरस्वती सुब्बा, मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाललगायतका नेताहरु रहनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उपमहासचिव विष्णु रिमालको नेतृत्वमा एमालेका ३० नेता चीन प्रस्थान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्