महिला हत्या आरोपमा श्रीमान् र सौता पक्राउ

सर्लाही, असार ४ गते । सर्लाहीको बरहथवामा एक महिलाको हत्या भएको छ । बरहथवा नगरपालिका–१२, लौकाठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या भएको हो ।
महतोको शव सोमबार बिहान घरदेखि करिब डेढ किलोमिटर टाढा कमल रायको खेतमा फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतक महिलाको अनुहार र घाँटीमा चोट देखिएको छ । प्रहरीले घटना लगत्तै मृतक महिलाका श्रीमान् ३८ वर्षीय शङ्कर महतो र सौता (श्रीमानको कान्छी श्रीमती) २१ वर्षीया सजन देवी महतोलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोस्टमार्टमका लागि सोमबार दिउँसो प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।
प्रहरीका अनुसार घटना भएको परिवारमा बारम्बार झगडा परेर पञ्चायती बसेको थियो । सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले उक्त परिवारमा हिजो बेलुका पनि झगडा भएको पाइएको बताउनुभयो ।
“घटना भएको परिवारमा बारम्बार झैँ–झगडा भएको देखिन्छ, आइतबार बेलुका मात्रै पनि झगडा भएर मृतक महिलाले खाना नखाएको पाइयो,” एसपी सिंहले भन्नुभयो, “घटनाबारे हामी अनुसन्धानमै छौँ, हाम्रो नियन्त्रणमा रहेका मृतकको श्रीमान् र सौतासँग सोधपुछ हुँदै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #महिला हत्या आरोपमा श्रीमान् र सौता पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्