Techie IT
मंगलबार, वैशाख २३,२०८२

कस्तो रहन्छ आजको मौसम ?


काठमाडौं, २ असार । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमामा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशलगायत बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कस्तो रहन्छ आजको मौसम ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:18 am6:42 pm +0545