Techie IT
मंगलबार, वैशाख २३,२०८२

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौं, ३० जेठ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरुमाथिको छलफल निरन्तर चल्नेछ ।

बुधबारको बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

बुधबारको बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयक २०८१ अन्तर्गत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, अर्का सांसद अमरेशकुमार सिंह, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियारले पनि ती मन्त्रालयहरुको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसअघि हिजोको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधि सभाको बैठक बस्दै, #यस्तो छ सम्भावित कार्यसूची


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545