गुल्मीमा जिप दुर्घटना : एक जनाको मृत्यु, सात घाइते

तम्घास, जेठ २१ गते । गुल्मीमा जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
मृत्यु हुनेमा सत्यवती गाउँपालिका वडानम्बर–८ भार्से निवासी ३२ वर्षीया कमला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिनुभयो ।
सोमबार बिहान कालिगण्डकी गाउँपालिका वडानम्बर– ४ ओक्याङस्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बलेरो (डबल क्याप गाडी) आफैँ अनियन्त्रीत भई सडकदेखि ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा आठ सवार रहेका थिए ।
घाइते सातमध्ये चारजनाको अवस्था गम्भीर रहेको डिएसपी पोखरेलले बताउनुभयो । घाइते सबैलाई थप उपचारका लागि पाल्पा पठाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा २९ वर्षीय केशव राना, ३७ वर्षीया रीता छन्तेल, चार वर्षीया ईरिसा छन्तेल, २६ वर्षीय अजय नेपाली, ७५ वर्षीय टेकबहादुर काला, ४६ वर्षका दुरपति बराल, २३ वर्षीय मेख बराल घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाबारे उद्धार अनुसन्धानका लागि पूर्तिघाट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक घनश्याम रिमालको कमाण्डमा पाँच जनाको टोली खटिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गुल्मीमा जिप दुर्घटना : एक जनाको मृत्यु, #सात घाइते
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्