संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, २१ जेठ । संघीय संसद्का दुवै सदनको बैठक आज सोमबार पनि बस्दै छ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने गरी आज संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा हिजोबाट प्रारम्भ भएको आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । हिजोदेखि जारी छलफल मंगलबारसम्म सकेर पास गर्ने तयारी सरकारले गरेको छ ।
यसैगरी मध्याह्न सवा १२ बजे बस्ने गरी बोलाइएको राष्ट्रिय सभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संघीय संसद्का दुवै सदनको बैठक बस्दै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्