Techie IT
मंगलबार, वैशाख २३,२०८२

एमाले मकवानपुर अधिवेशन : मतगणना सुरु हुँदै


हेटौंडा, २१ जेठ । नेकपा (एमाले) मकवानपुरको १२औँ जिल्ला अधिवेशनअन्तर्गत जिल्ला नेतृत्वको लागि आइतबार भएको निर्वाचनको मतगणना आज हुँदैछ ।

मतगणना हेटौंडा-४ स्थित पशुपति मन्दिरको सभाहलमा बिहान ८ बजेबाट सुरु हुने निर्वाचन अधिकृत सुजन तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले अधिवेशनमा ७ सय ७७ प्रतिनिधि मध्ये ७ सय ६५ जना प्रतिनिधिले मतदान गर्नुभएको बताउनुभयो ।

अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

जिल्ला अध्यक्षका लागि श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालले उम्मेदवारी दिनुभएको थियो ।

यसैगरी, उपाध्यक्षमा हिदम लामा, सुनिल मोक्तान, ध्रुव चौलागाई र भरत दुलालले उम्मेदवारी दिनुभएको छ ।

सचिवमा मदनकुमार दाहाल, सीता विष्ट र राजन थापा, उपसचिव खुलातर्फ इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज जर्घा मगरको उम्मेदवारी छ भने उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले मकवानपुर अधिवेशन : मतगणना सुरु हुँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:18 am6:41 pm +0545