धनगढीमा २९ वर्ष यताकै धेरै गर्मी : तापक्रम ४४ डिग्री नाघ्यो

अत्तरिया जेठ १७ गते। कैलाली जिल्लाको धनगढी उपमहानगरमा तापक्रम ४४.१ डिग्री सेल्सियस नाघेको छ।
जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ।
कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड थियो। बिहीबार ४४ डिग्री नाघेको बताउनुभयो । मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम, बुधबार ४३.३६ डिग्री र बिहीबार (आज) ४४ दशमलव १ डिग्री मापन भएको छ।
मौसमविज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले १९९५ पछि, बिहीबार बढी तापक्रम मापन भएको जानकारी दिनुभयो।
उहाँले सन १९९५ जूनमा धनगढीको तापक्रम ४६ दशमलव ४ मापन भएको थियो। बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन भएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #धनगढीमा २९ वर्ष यताकै धेरै गर्मी : तापक्रम ४४ डिग्री नाघ्यो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्