Techie IT
मंगलबार, वैशाख २३,२०८२

सर्बसाधारणको रोजाईमा तारकेश्वर लामबगरको मिस्टर केक , दश हजार देखी एक लाख सम्मको शेयर सदस्य बन्न पाइने


तारकेश्वर काठमाडौ । काठमाडौंको तारकेश्वरनगरपालिका लामबगर अहिले डेलिसियस बेकरीका लागि चर्चित छ । केहि साता अघिमात्र संस्थापक लक्ष्मण तिमिल्सिना र उनका केही साथीहरुद्धारा संचालित मिस्टर केकको चर्चा हुन थालेको हो । मिठो स्वाद र ताजा केक विभिन्न डिजाइनमा पाइने भएकाले पनि छोटो अवधिमानै स्थानीयहरुको रोजाई बन्न सफल भएको छ यो बेकरी ।

 

७ जना कर्मचारी रहेको मिस्टर केकलेसामाजिक संजालमा यो केक कम्पनीले आफ्नो आर्कषक विज्ञापन गरेको पाइन्छ । केक व्यवसायका सञ्चालक लक्ष्मण तिमिल्सिनाका अनुसार अनलाईन केक डेलीभरी गरेर यो केक चर्चित बनेको छ । मिठो,सस्तो र सेवा सहज भएकाले ग्राहकहरुले आफूहरुको उत्पादन मन पराएको बताउँछन् ।

केकको डिजाइनदेखि विभिन्न स्वादमा केक तयार पार्ने गरेका कारण यो केक लोकप्रिय छ । सामान्य डिजाइन भन्दा पनि आधुनिक डिजाईनमा केक बनाउने भएकाले पनि यो केक युवा पुस्तामाझ लोकप्रिय छ ।

मिस्टर केकले अव केही समयमै डेरी , तोरीको तेल मिल संचालनमा ल्याउने भएको छ । बिभिन्न संघ संस्था , करपोरेट हाउसहरुसंग समन्वयन गरेको छ भने यो केक सामुदायीक रुपमा संचालन भएको छ । जस अनुरुप सर्बसाधारणले रु दश हजार देखी एक लाख रुपैया सम्म शेयर राख्न पाउनेछन भने मुनाफाको प्रतिफल समेत पाउनेछन । मिस्टर केकका सदस्यहरुलाई ग्राण्डी अस्पाताल , ग्रिन सिटि अस्पताल र चिरायु अस्पतालमा दश प्रतिशत छुट हुने संचालक लक्ष्मण तिमिल्सिनाको भनाई छ ।

नेपालमा पछिल्लो समय हरेक केकको प्रयोग बढेको छ । युवा पुस्ता मात्रै हैन वृद्धले समेत आफ्नो जन्मदिन, वैवाहिक वर्षगाँठलगायतका पर्वमा केक काट्ने प्रचलन अनिवार्य जस्तै भएको छ । विशेषतः विवाहोत्सव वा विभिन्न सङ्घ संस्थाको वार्षिकोत्सव, आफन्तको विदेश यात्रा होस् वा विदेशबाट फर्केको दिन केही रमाइलो गर्न पर्‍यो भने केक काटेर रमाइलो गर्ने कार्य अनिवार्य जस्तै भएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दश हजार देखी एक लाख सम्मको शेयर सदस्य बन्न पाइने, #सर्बसाधारणको रोजाईमा तारकेश्वर लामबगरको मिस्टर केक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:18 am6:41 pm +0545