विद्युतीय अपराध बढ्दै

बुटवल, जेठ ९ गते । रुपन्देहीमा विद्युतीय अपराधका घटना बढ्दै गएको र मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको भन्दै सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । सामाजिक सञ्जाल प्रयोग गरी विभिन्न खालका अपराध बढ्दै गएको र त्यसमा बालबालिका तथा महिला बढी पीडित बन्न पुगेको बताइएको छ ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको ‘रुपन्देहीमा विद्युतीय अपराध र मानव अधिकारको अवस्था’ विषयक साक्षात्कारमा बोल्ने अधिकांशले सामाजिक सञ्जालको प्रयोग गरी अपराधजन्य घटना बढेको बताएका हुन् ।
मानव अधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष गोविन्द खनालले बढ्दो विद्युतीय अपराधलाई नियन्त्रण गर्न प्रहरी प्रशासन पनि प्रविधिमैत्री हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उच्च अदालत बार एसोसिएसन बुटवलका पूर्वअध्यक्ष जोखबहादुर खत्रीले प्रहरीमा उजुरी परेपछि पीडितलाई दिने मनोपरामर्श सुरक्षित नभएको बताउनुभयो । संविधानमा उल्लेख गरिएको विद्युतीय कारोबारसम्बन्धी कानुनलाई कडाइका साथ लागु गरी यस्ता खालका घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याएर कारबाही गर्नुपर्ने खत्रीको भनाइ छ ।
बैङ्किङ कसुरमा उजुरीमा प्रहरीले असहयोग गरेको गुनासो पीडितले गर्दै आएको र बलात्कारसम्बन्धी उजुरीमा चासो नदिएको दुखेसो आउने गरेकाले प्रहरी सङ्गठनले विशेष रूपमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले हिजोका दिनमा भौतिक रूपमा हुने अपराध आज विद्युतीयमार्फत हुने भएकाले अपराधको अवस्था बदलिएको बताउँदै नियन्त्रणका लागि प्रहरी सङ्गठन पनि प्रविधिमा दक्ष हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विद्युतीय अपराध बढ्दै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्