जोमसोम विमानस्थल नजिकै कस्तुरी मृग मृत फेला

म्याग्दी, जेठ ७ गते । हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम विमानस्थल नजिकै दुर्लभ तथा संरक्षित जनावरमध्येको एक कस्तुरी मृग मृत अवस्थामा फेला परेको छ ।
बथानबाट छुटेको हुनसक्ने उक्त कस्तुरी मृगलाई कुकुरको बथानले आक्रमण गर्दा विमानस्थलको तारबार नजिकै मृत्यु भएको हुन सक्ने स्थानीयले बताएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
विमानस्थलको तारबार नजिकै मृत भेटिएको कस्तुरी मृग वयस्क अवस्थाको रहेको उहाँको भनाइ छ । डिभिजन वन कार्यालय मुस्ताङ र अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना(एक्याप)ले घटनास्थल मुचुल्का गराएपछि कस्तुरी मृगको उचित व्यवस्थापन गरिने प्रनाउ पाण्डेयको भनाइ छ । प्रारम्भिक मुचुल्कापछि त्यसको पोष्टमार्टमा गरेपछि मात्रै कस्तुरी मृगलाई जमिनमा गाड्ने उहाँको भनाइ छ ।
दुर्लभ वन्यजन्तु कस्तुरी नेपालको संरक्षित तथा लोपोन्मुख जनावरमा पर्ने डिभिजन वन कार्यालय मुस्ताङका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । ८-९ वर्षको जस्तो देखिने उक्त वयस्क अवस्थाको लोपोन्मुख जनावर कस्तुरी मृग भेटिएको र मुचुल्का बनाएर एक्यापले बाँकी काम गर्ने भए पनि त्यसको अनुसन्धानपछि यथार्थ आउने उहाँले बताउनुभयो । दुर्लभ तथा लोपोन्मुख जनावरको संरक्षण गर्नु हाम्रो दायित्व र कर्तव्य भएकाले पनि कस्तुरी मृगको मृत्युको कारणबारे अनुसन्धान हुने रानाभाटले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जोमसोम विमानस्थल नजिकै कस्तुरी मृग मृत फेला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्