मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

खांदबारी – संखुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।
जिल्लाको मकालु गाउँपालिका– २ स्थित रहेको मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु बेसक्याम्प २ र ३ को बीचमा सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका– ४ बस्ने ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
गएको मंगलबार मकालु हिमाल आरोहण गरी फर्किने क्रममा बेसक्याम्प २ र ३ को बीचभागबाट शेर्पा बेपत्ता भएका थिए। बेपत्ता भएपछि खोजी गर्ने क्रममा शुक्रबार शेर्पाको शव फेला परेको खबर आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाको भनाइ छ।
घटनास्थलमा मुचुल्का कार्य गर्न कठिनाइ रहेको हुँदा मृतकको शव उक्त स्थानबाट बेसक्याम्पतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ।
सदरमुकाम खाँदबारीदेखि मकालु गाउँपालिकाको केन्द्र नुमसम्म यातायातको सुविधा रहेको छ भने नुमदेखि घटनास्थल पाँच दिनको पैदल दूरी लाग्ने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आरोही मृत्यु, #मकालु हिमाल, #संखुवासभा, #समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्