पश्चिमी वायुको प्रभावले आंशिक बदली कायमै

धनगढी, वैशाख २१ गते । नेपाल–भारत सीमावर्ती बजार नेपाली लागुऔषध दुर्व्यसनीको अखडा बन्न थालेका छन् । सीमावर्ती भारतका बजारमा लागुऔषध सहज रूपमा उपलब्ध हुने भएकाले नेपाली प्रयोगकर्ताको अखडा बन्न थालेका हुन् । कैलाली र कञ्चनपुरका लागुऔषध प्रयोगकर्ता भारततर्फको सीमावर्ती बजार वनगाँवा र पलिया पुग्ने गरेका छन् । त्यहाँ पुग्ने युवकयुवती लागुऔषध प्रयोग गरी लट्ठिएर तथा बरालिएर हिँड्ने गरेको पाइएको छ ।
यसैबिच लागुऔषध प्रयोग गरी बेहोस अवस्थामा रहेका धनगढीका तीन युवतीलाई भारतीय प्रहरीले बुधबार पलियाबाट उद्धार गरी नेपालका सुरक्षा अधिकारीको जिम्मा लगाएको छ ।
लागुऔषध प्रयोग गरी लट्ठिएका युवतीलाई भारतीय सुरक्षाकर्मीले गौरीफन्टा नाका पुर्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहोराले बताउनुभयो । उनीहरूलाई आफन्तको जिम्मा लगाइएको छ ।
भारतीय बजारमा नेपाली लागुऔषध दुव्र्यसनीको चहलपहल बढेको भारतीय प्रहरी यादवेन्द्र यादवले बताउनुभयो । सीमावर्ती भारतीय बजार नेपाली दुव्र्यसनीको अखडा बनेकोमा चिन्ता व्यक्त गर्दै उहाँले युवती असुरक्षित हुने समस्या देखिएको बताउनुभयो । नेपाली लागुऔषध प्रयोगकर्ताका कारण भारतीय बजार बदनाम हुन थालेपछि प्रहरीले उनीहरूको सूची तयार पार्ने, खोजी गर्ने र पक्राउ गरेर नेपाललाई बुझाउने कार्य गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पश्चिमी वायुको प्रभावले आंशिक बदली कायमै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्