जनताको शिर नझुक्ने काम गर्छु : सुहाङ

इलाम, वैशाख १८ गते। इलाम-२ को उप-निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका नेकपा (एमाले)का सुहाङ नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई मङ्गलबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो।
आज मतगणनास्थल गौतमबुद्ध सभागृहमा आयोजित एक कार्यक्रममा निर्वाचित नेम्वाङलाई प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रममा पूर्व–उपसभामुख शिवमाया तुम्बाहाङ्फे, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य रामबहादुर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो।
कार्यक्रममा मन्तव्य राख्दै नवनिर्वाचित नेम्वाङले इलाम– २ का सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै यहाँका जनताको शिर नझुक्ने ढङ्गले आफू प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो।
‘‘सबैभन्दा पहिला मैले मतदातालाई धन्यवाद दिनुपर्छ। अब जनताको शिर नझुक्ने ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’’, उहाँले भन्नुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जनताको शिर नझुक्ने काम गर्छु : सुहाङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्