फोहोर व्यवस्थापन गर्न स्थानीयवासीको माग

धादिङ, वैशाख १८ गते । धादिङको नीलकण्ठ नगरपालिका–८ च्याँडुघुम्तीको डम्पिङ साइड प्रभावित क्षेत्रका बासिन्दाले फोहोर व्यवस्थापन व्यवस्थित हुनुपर्ने आवाज उठाएका छन् । समयमा नै स्थानीय तहले फोहोर व्यवस्थापन नगरेमा फोहर फाल्ने कामलाई अवरोध गर्ने चेतावनी समेत दिएका छन् ।
वर्षाैदेखि अव्यवस्थित ढङ्गबाट फोहोर फालिदै आएको डम्पिङ साइड व्यवस्थित नगर्दा गाउँसम्मदुर्गन्ध फैलिनेक्रम बढेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले फोहोर फाल्न रोक लगाउने चेतावनी दिएका हुन् । स्थानीय ससाह ज्यामिरे सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा नीलकण्ठ नगरपालिकालाई सात दिने अल्टमेटमसहितको ध्यानाकर्षणपत्र बुझाउँदै च्याडुघुम्तीमा फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् । च्याडुघुम्तीको डम्पिङसाइडमा सदरमुकाम धादिङबेसीबाट निस्कने फोहोर २० वर्षभन्दा अगाडिदेखि फालिदै आएको छ । दैनिक दुईदेखि तीन गाडी फोहोर फालिदै आएको वन समूहका अध्यक्ष रामकुमार पौडेलले बताउनुभयो ।
व्यवस्थापन नगरी जथाभावी फालिदै आएको फोहोरले प्रभावित क्षेत्रका नागरिकले २४ सै घण्टा दुर्गन्ध त सहनु परेको छ नै घरपालुवा वस्तुभाउ चराउन र वन क्षेत्रमा घाँसदाउरा गर्न जान समेत नसकिने अवस्था आएको अध्यक्ष पौडेलले बताउनुभयो ।
‘‘च्याडुघुम्तीमा विगत २० वर्षदेखि धादिङबेसी बजारको फोहोर फाल्दै आएको र त्यस ठाउँमा हालसम्म व्यवस्थित नबनाई फालिएको फोहोरले कालुपाण्डे मार्गमा यात्रा गर्ने यात्रुले समेत दुर्गन्ध सहन बाध्य छन् ।,’’ पौडेलले भन्नुभयो, ‘‘ससाह ज्यामिरे आसपासबाट मात्रै होइन ढोला, मैदी नलाङ क्षेत्रबाट समेत मानिसको मृत्युपछि अन्तिम दाहसंस्कारका लागि शव लाने बाटो त्यहि छ । फोहोरको ढङ्गुरमाथी फुटेका सिसा, प्लाष्टिकका कचेरा र सडेका फोहोरमाथी टेक्दै शव बोक्नुपर्ने बाध्यता छ । अब यहाँका नागरिकले यो सब सहेर बस्न सक्दैन ।’’
‘‘डम्पिङसाइट प्रभावित क्षेत्रका स्थानीयले नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मालाई बुझाएको ध्यानाकर्षण पत्रमा नागरिकको जिउधनको रक्षाका लागि फोहोर फाल्न अवरोध गरिने उल्लेख गरिएको छ ।
उहाँले भन्नुभयो, ‘‘निरन्तर फालिएको फोहोरले त्यस क्षेत्रको वन पैदावर पनि नास हुँदै गएको छ भने नागरिकको स्वास्थ्यमा पनि प्रतिकुल असर परेको हुँदा यथाशिघ्र फोहोर फाल्न बन्द गरी फालिसकेको फोहोरबाट निस्कने सम्भावित दुर्गन्ध समेत व्यवस्थापन गरिदिन जोडदार माग गर्दछौं । आश्वासनकै भरमा आलटाल गरि नगरपालिकाले प्रभावित क्षेत्रका नागरिकको गुनासो सुनुवाईतर्फ ध्यान नदिएको हाम्रो स्पष्ट बुझाई छ ।’’
फोहोरमैला ढुवानी गर्ने सवारीसाधनको असावधानीका कारण सडक र घरका दैलोमा समेत फोहोरको चाङ लाग्ने गरेको र प्रभावित क्षेत्रका जनता प्राणघातक रोगको सिकार बन्नुपरेको उल्लेख गर्नुहुँदै नागरिकले अकालमै ज्यान गुमाउनु परेको समेत उल्लेख गरिएको छ ।
‘‘मानवताविरोधी अपराध गरेकाले अबउप्रान्त सधैँका लागि फोहोरमैला निषेध गर्नुबाहेक अर्काे विकल्प छैन । स्थानीय सरकारहरुले हाम्रा गुनासो सुनुवाई नगरी जबरजस्ती फोहोर फाल्ने काम बन्द नगरे फोहोरमैला बोकेका गाडीलाई प्रभावित क्षेत्रमा प्रवेश निषेध गरी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने ध्यानाकर्षणपत्रमा भनिएको छ । अव्यवस्थित ढंगबाट थुपारिएको फोहोले मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको तथा राज्यशक्तिको दुरुपयोग गरी स्वच्छ वातावरण बाँच्न पाउने नागरिकको मौलिक हक सरकारले नै हनन् गरेको स्थानीयको आरोप छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #फोहोर व्यवस्थापन गर्न स्थानीयवासीको माग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्