इलाम–२ मा झलनाथ खनालको नेकपा एसलाई जमानत जोगाउनै मुस्किल

काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा इलाम घर भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको पार्टी नेकपा एकीकृत समाजवादीलाई जमानत जोगाउन हम्मे पर्ने देखिएको छ । २९ हजार १५२ मत सदर हुँदा एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले २६१ मत मात्र ल्याएका छन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ । तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन ।’
उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले निरन्तर अग्रता लिएका छन् । नेम्वाङले ११ हजार ६१९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्काले ७ हजार ६५९ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७ हजार ४५२ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १५९६ मत ल्याएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ilam
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्